‘अप्रेसन–३६५’: पोखरामा आतंक मच्चाउने ९ बुलेट र १ क्रसफायर नियन्त्रणमा

कास्की प्रहरीले हालसम्म ‘अप्रेसन–३६५’ अन्तर्गत ४ सय १४ वटा सवारीसाधन र ३६ जना मानिस नियन्त्रणमा लिई कारवाही गरिसकेको छ  ।

पाेखरा | चैत ११, २०८२

‘अप्रेसन–३६५’:  पोखरामा आतंक मच्चाउने ९ बुलेट र १ क्रसफायर नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

 

कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।

 

उनका अनुसार गत ९ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरामा विभिन्न स्थानहरुमा चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने र शान्ति सु -व्यवस्थामा खलल पार्दै हिडेको सूचनाका आधारमा ति १० वटा मोटरसाईकललाई नियन्त्रणमा लिई कानूनी कारवाही प्रकृया अगाडी बढाइएको छ । 

 

कास्की प्रहरीले हालसम्म ‘अप्रेसन–३६५’ अन्तर्गत ४ सय १४ वटा सवारीसाधन र ३६ जनालाई नियन्त्रणमा लिई कारवाही गरिसकेको छ  ।

 

कास्की प्रहरीले सवारी धनिले आफ्नो सवारी साधन मोडिफाई नगरी पुर्ववत असली स्वरुपमा सवारी साधन चलाउन आग्रह गर्दै मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस संचालकहरुलाई कानून बमोजिम कारवाही हुने जनाएको छ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्